कोरोना संक्रमणबाट पहिलो पटक बहालवाला प्रहरी अधिकृतको मृत्यु
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक प्रहरी अधिकृतको मृत्यु भएको छ । कोरोनाका कारण सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) को मृत्यु भएको हो ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँचीमा कार्यरत थिए ।