पाँच वर्षीया बालिका बलात्कार गर्ने १ जना पक्राउ

आइतबार, १६ कार्तिक २०७७

बुटवल – पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ परेका छ। २०७६ साउन ८ गते बालिकालाई करणी गरी फरार रहेका नासिर अली मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–२ बिचलीभडेहरका १८ वर्षीय मुसलमानलाई प्रहरी आइतबार पक्राउ गरेको हो । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट जबर्जस्ती करणी मुद्धा दर्ता गराई सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट वारेन्ट समेत जारी भएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले पक्राउ परेका अभियुक्तलाई अदालतमा पेश गरिएको बताए।