सानिमा जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेन्ज ?

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एसजिआइ संकेत प्रदान गरिएको छ । भोलीदेखि सानिमाको दोश्रो बजारमा कोरोबार हुनेछ ।