मतगणना अपडेट : ४३ राज्यको मतगणना सकियो, कसको पक्षमा कति सिट ?
काठमाडौं – अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच कडा प्रतिशपर्दा देखिएको छ ।
मतदानको प्रारम्भिक नतिजामा बाइडन अगाडि देखिएका छन् तर ट्रम्पले पनि उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन बाँकी छ ।
अहिलेसम्म घोषणा भएको ५० राज्यमध्ये ४३ राज्यको नतिजा अनुसार बाइडनले २३८ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् । मतपरिणाम आउन बाँकी रहेको राज्यहरुमा डोनाल्ड ट्रम्पले ४ ओटा राज्यमा अग्रता कायम राखेका छन भने जो बाइडनले तीन राज्यमा अग्रता कायम राखेका छन ।
ट्रम्पले अलास्का, जर्जिया, पेन्सिल्भानिया र नर्थ क्यारिलोनाको नतिजामा अग्रता लिएका छन भने बाइडनले विस्कोन्सिन, नेवाडा र मिचिगन राज्यमा अग्रता लिएका छन । नेपाली समयअनुसार राती ९ बजेसम्म गरिएको मतपरिणाम अनुसार बाइडनले ६ करोड ९५ लाख ४ हजार ८ सय ७ मत प्राप्त गरेर अग्रस्थानमा छन भने उनका निकटतम प्रतिद्धन्दी ट्रम्पले ६ करोड ७० लाख ३९ हजार ३ सय ९ प्राप्त गरेका छन ।
२३ राज्यमा ट्रम्पको पार्टीले जित हासिल गरेका छ भने २० राज्यमा बाइडनको पार्टीले जित दर्ता गराएको छ । विजयका लागि बाइडनलाई ३२ इलेक्टोरल कलेजको आवश्यक छ ।
