मतगणना अपडेट : ४५ राज्यको मतगणना सकियो, बाइडन जितको नजिक

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं – अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच कडा प्रतिशपर्दा देखिएको छ ।

मतदानको उत्तरार्धको नतिजामा बाइडनले आफ्नो अग्रता कायमै राखेका छन । उनलाई ट्रम्पले पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन आझैं केही दिन लाग्ने छ ।

अहिलेसम्म घोषणा भएको ५० राज्यमध्ये ४५ राज्यको नतिजा अनुसार बाइडनले २६४ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । मतपरिणाम आउन बाँकी रहेको राज्यहरुमा डोनाल्ड ट्रम्पले ४ ओटा राज्यमा अग्रता कायम राखेका छन भने जो बाइडनले १ राज्यमा अग्रता कायम राखेका छन ।

ट्रम्पले अलास्का, जर्जिया, पेन्सिल्भानिया र नर्थ क्यारिलोनामा अग्रता लिएका छन भने बाइडनले नेवाडामा अग्रता कायमै राखेका छन । नेपाली समयअनुसार विहान ९ बजेसम्म गरिएको मतगणनाअनुसार बाइडनले ७ करोड १९ लाख ८६ हजार ९ सय ७८ मत प्राप्त गरेर अग्रस्थानमा छन भने उनका निकटतम प्रतिद्धन्दी ट्रम्पले ६ करोड ८५ लाख ५६ हजार ४ सय ५२ भोट प्राप्त गरेका छन ।

२३ राज्यमा ट्रम्पको पार्टीले जित हासिल गरेका छ भने २२ राज्यमा बाइडनको पार्टीले जित दर्ता गराएको छ । विजयका लागि बाइडनलाई ६ इलेक्टोरल कलेज भोट आवश्यक छ । जितका लागि २७० इलेक्टोरल कलेज भोट प्राप्त गर्नुपर्दछ ।