बैंक अफ काठमाण्डूको साधारण सभाको मिति तोकियो, बुक क्लोज कहिले ?
काठमाडौं – बैंक अफ काठमाण्डूले मंसिर २० गते २६ औं साधारण सभा बोलाएको छ । सञ्चालक समितिको बैंठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा साधारण सभा बोलाउने निर्णय गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
असोज १४ गते बसेको बैंकको १६४ औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
साधारण सभा प्रयोजनको लागि बैंकले कार्तिक २८ गते देखि मंसिर १५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कार्तिक २७ गते सम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।