अहिले कस्तो छ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था ?

शनिबार, २२ कार्तिक २०७७

काठमाडौं – आइसियूमा उपचाररत हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । कोभिड पोजटिभ देखिएपछि अहिले उपचाररत रहेका गजुरेलले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेलले कार्तिक ११ गते आफूलाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेका जगुरेलको स्वास्थ्य अवस्था बिग्रेपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।