कमला बन्नेभइन अमेरिकी उपराष्ट्रपति, भारतमा खुसियाली
काठमाडौं – कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति बन्ने लगभग पक्का भएको छ । भारतको केरला मामाघर भएकी ह्यारिस निर्वाचित हुनैलाग्दा भारतमा खुसीयाली मनाउन थालिएको छ।
उनकी आमा श्यामला गोपालन केरलाकी हुन्। ह्यारिस आफैँ आफ्नी मामाघरकी हजुरआमाबाट एकदमै प्रभावित मानिन्छन्। उनी उपराष्ट्रपतिको दौडमा छँदा भारतको केरलामा उनको जितका लागि पूजाआजा पनि गरिएको थियो।
भारतमा कांग्रेस नेता रञ्जन चौधरीले भारत सरकारले ह्यारिसको विजयको शानदार र भव्य स्वागत गर्नुपर्ने बताएका छन्। मतगणना भइरहेका पाँचमध्ये चार राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले अग्रता लिइरहँदा कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति बन्ने पक्कापक्कीजस्तै भएको छ।
उनी सीमान्तकृत समुदायकी पहिलो अमेरिकी उपराष्ट्रपति पनि हुनेछिन्।