पार्टी पुटाउने अन्तिम तयारीमा प्रधानमन्त्री ओली, काँग्रेसको सहभागितामा नयाँ सरकार बन्ने
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ समिकरण गर्ने तयारी गरेको खुलासा भएको छ । उनले पार्टी पार्टी फुटाएर काँग्रेससँग गठबन्दन गर्दै यही सरकारलाई निरन्तरता दिने तयारी गरेको खुलेको हो ।
ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीले यस्तो तयारी गरेका हुन । पछिल्लो पटक राजदूत सिफारिस, कर्णाली प्रदेश प्रकरण, मन्त्रीमण्डल पुनर्गठन, पर्सा हत्याकाण्ड लगायतका विषयमा दुई अध्यक्षबीच दुरी बढेको थियो।
प्रचण्डलाई पूर्वएमालेका नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष बामदेव गौतमले साथ दिएका छन । तर ओलीले पार्टी फुटकै स्थितिमा गए आफूलाई अन्तिममा ती नेताहरुले साथ दिने विश्वासका साथ पार्टी फुटाउने तयारी थालेको बालुवाटार निकट श्रोतको भनाई छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ केपी ओलीले विवाद लम्बिरहे पार्टी फुटाउने सम्भावना रहेको बताउँछन्। ‘संसद विघटन गर्नका लागि संवैधानिक कु गर्नुपर्छ। यसो हुँदा केपी ओली कहाँ पुग्लान्। उनको पार्टी कहाँ पुग्ला त्यो भन्न सकिन्न। उनले अहिले गर्न सक्ने भनेको पार्टी फुटाउने र काँग्रेससँग मिलेर सरकार बनाउने हो,’ श्रेष्ठले भने, ‘यस लागि पनि कांग्रेस खुसी हुनुपर्यो। काँग्रेससँगको सम्बन्ध माधव नेपाल र प्रचण्ड पक्षकै राम्रो छ ओलीको भन्दा त्यसैले अवस्था त्यति सहज छैन।’
उनले केही गरी पार्टी फुटाएर काँग्रेससँगको साझेदारीमा सरकार बनिहाले कांग्रेसले उठ भने उठ र बस भने बस हुने अवस्थामा केपी ओली पुग्ने पनि विश्लेषण गरे। ‘ओलीसँग अल्पमत हुन्छ। केही गरी काँग्रेससँग मिलेर सरकार बन्दा त कांग्रेसले ओलीलाई उठ भने उठ र बस भने बस पारिहाल्छ।’ तर, उनले ओलीका लागि अहिले देखिएको सहज बाटो र चाल्न सक्ने कदमको रूपमा भने पार्टी फुटाएर काँग्रेससँग मिलेर सरकार गठन गर्ने सम्भावना नै बढि रहेको बताए।