फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुुनचांदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैंयाले बढेको छ ।

छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैैंया र तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैंया र तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चांदी प्रतितोला १ हजार २ सय ७५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय ५५ रुपैंया कारोबार भएको थियो ।