सकियो माधव–ओली गुटको बार्ता, के के भयो सहमति ?

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुसँग भेटघाट गरेका छन । पछिल्लो समय नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेर पार्टी फुटको दिशासम्म गएपछि ओली नेपालबीच भेटघाट भएको हो ।

आजको बैठकमा पार्टी भित्रको विवाद समाधानमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ । त्यस्तै नेता नेपालसँगै बालुवाटार गएका स्थायी समिति सदस्य भीमबहादुुर रावलले पार्टीभित्र उत्पन्न समस्या के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही नभएको प्रतिक्रिया दिएका छन् ।

पार्टीभित्र विवाद चुलिँदा पूर्वएमाले र पूर्वमाओवादी खेमाका नेताहरुबीच गुटगत भेलाहरु हुन थालेका छन् । गत शुक्रवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकटका सचिवालय सदस्यहरुहलाई छलफल गरेका थिए । त्यस्तै शनिवार उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरुले पूर्वएमाले समूहका नेताहरुसँग छलफल गरेका थिए ।