धोका दिएपछि प्रेमिकाले जलाईन प्रेमीको कार !

आइतबार, २३ कार्तिक २०७७

एजेन्सी – अमेरिकाको फ्लोरिडा राज्यमा एउटा अनौठो घटना घटेको छ । फ्लोरिडामा बस्ने १९ वर्षकी कार्मेन चैम्बलीले पूर्व प्रेमीसँग बदला लिन उनको कारमा ओगो लगाइदिएकी छिन । एद्यपी उक्त कार उनको प्रेमीको होइन् ।

प्रेमीको मायामा पागल भएकी चैम्बलीले पार्किङ्ग गरी राखिएको सेतो कलरको कारमा आगजनी गरेकी हुन । चैम्बलीले पूर्वप्रेमीसँग बदला लिन यस्तो कार्य गरेको बताएकी छिन ।

उनले आफ्नो पुर्व प्रेमीको कार जस्तो सम्झेर आगो लगाइदिएकी थिइन् । चैम्बलीमाथि प्रहरीले कारमा आगो लगाइदिएको आरोप लगाएर पक्राउ गरिसकेको छ । चैम्बलीले प्रेमीले आफुलाई धोका दिएपछि बदला लिने सोच राखकी थिइन् र त्यसको लागि प्रेमीको मन पर्ने कारमा आगो लगाउने योजना बनाइन् ।

उनले योजना अनुसार समयमा पुगेर आगो लगाइदिइन् तर जुन कारमा आगो लगाइन् त्यो कार उनको पुर्वप्रेमीको थिएन् । यो कुरा थाहा पाउँदा उनको एकपटक त होश नै उडेको उनले जानकारी दिएकी छिन् ।

उनको पुर्व प्रेमीको सेतो होन्डा कार थियो । होन्डा कारलाई आगो लगाईदिन पुगिन र आगो पनि लगाइन् । त्यो सबै सीसीटीवी फुटेजमा देखिएको थियो । कारको मालिकले पछि मात्र जानकारी पाएका थिए ।

कारका मालिकलाई ती युवती को हुन् र किन कारमा आगो लगाइन् केही पत्तो थिएन् । अन्यौलमा परेपछि प्रहरी कार्यालयमा पुगे र उजुरी दिए । उनले उजुरी दिएपछि प्रहरीले युवतीलाई पक्राउ गरेको थियो ।