पत्रकार ऋषि धमलालाई पनि छोडेन कोरोनाले, कस्तो छ स्वास्थ्य अवस्था ?

आइतबार, २३ कार्तिक २०७७

कार्तिक – पत्रकार ऋषि धमलालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा गरिएको कोरोना परिक्षणमा धमलालाई कोरोना पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

पत्रकार धमलाले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन । ‘कन्ट्याक ट्रेसिङमा परेको कारणले हिजो स्वाब परीक्षण गराए थियो ।’ धमलाले फेुसब्ुकमा लेखेका छन, ‘म होम–आईसोलेशनमा बसेको छु । मसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गर्दछु ।’

उनले कसको कन्ट्याक ट्रेसिङबाट परिक्षण गराएको भनेर खुलाएका छैनन् ।