उत्कृष्टताको सङ्कल्प लिनुहोस्, अवश्य सफलता मिल्ने छ

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं – यदि तपाईसँग लक्ष्य छैन भने जति आत्माविश्वास र आशा भए पनि उपयोगी नहुन सक्छ । जस्तो फुटबल खेलाडी एघारै जना योग्य छन्, सिपालु छन्, धेरै राम्रो खेल्छन् तर उनिहरु बल लगेर पोस्टमा प्रहार गर्नुको साटो बाहिर प्रहार गर्छन् भने उनीहरुको सिपको कुनै महत्व हुँदैन । खेलको कुनै अर्थ हुने छैन । तपाईको ध्यान लक्ष्यमा हुनुपर्छ र आफ्नो सम्पूर्ण योग्यता लक्ष्य प्राप्तिका लागि प्रयोग गर्नु पर्छ ।

जस्तो तपाई म्याग्निफइङ ग्लास सूर्यको प्रकाशमा राखेर आगो पार्न सक्नुहुन्छ तर ग्लास हल्लाउनुभयो भने आगो बल्दैन । यसका लागि प्रकाशलाई निरन्तर एकै ठाउँमा केन्द्रत गर्नु आवश्यक छ । हो यसैगरी यदि तपाईले आफ्नो पूरा शक्ति र ध्यान केन्द्रित गर्नुभयो भने लक्ष्य पूरा हुन्छ । आफूलाई लक्ष्यमा फोकस् गर्नुहोस् ।

आफ्नो सोच राम्रो बनाउने सबैभन्दा सशक्त तरिका उत्कृष्टताको सङ्कल्प लिनु हो । सङकल्पको उच्च महत्व छ । महाभारतको युद्धमा जब दुर्याेधन भीष्मलाई पाण्डपसँगको प्रभावशाली युद्धको लागि व्यूह रचना गर्न आदेश दिन्छन् । तब भिष्म भन्छन्– युद्ध व्यूह रचना होइन सङकल्पले जितिन्छ । जीवनमन जुनसुकै कुरा जसरी पनि प्राप्त गर्छु भन्ने सङकल्पले मात्र प्राप्त हुन्छ । अर्थात उही ‘डु अर डाई’को सङकल्प । जीवनमा सफल हुने सबैभन्दा सशक्त तरिकामध्य एक हो, उत्कृष्टताको सङकल्प । यो निर्णय तपाईले अहिल्यै लिनुपर्नेछ– म सर्वश्रष्ठ बन्छु, चाहे यसका लागि जतिसुकै समय किन नलागोस् ।

केवल यति सोच्नाले नै पनि तपाईको सोच र व्यक्तित्वमा धेरै ठूलो परिवर्तन आउँछ । यसले तपाईलाई खु्सी राख्दछ् र तपाईको निजी अवधारणालाई पनि राम्रो बनाउछँ । सर्वश्रठ बन्न सङकल्प लिनासाथ तपाई आफूलाई प्रेम र सम्मान दिन थाल्नुहुन्छ ।

लक्ष्यको खोज गरिसकेपछि, लक्ष्यमा अर्जुनदृष्टि पारिसकेपछि चाहिने कुरा सङ्कल्प हो । जब तपाई सकल्प गर्नुहुन्छ । तब सफलता अवश्यम्भावि छ । पहिले खानिहरुमा अन्धकार हुन्थ्यो । जर्ज स्टिफनले सुरक्षादिपको आविष्कार गरे । आफ्नो प्र्राणको मोह त्यागेर उनी दीपको प्रयोगका लागि खानीमा गए । उनी ग्याँसको खतरामा पर्न सक्थे,जल्न सक्थे, मर्न सक्थे । तर मृत्यु देखेर उनी डराएनन् । साहस र सङकल्पले काम लिए ।

आफ्नो साहस र सङक्ल्प शक्क्तिको बलमा उनी खानीमा बत्ति लिएर गएका थिए । ग्याँसको अगाडि उनले बत्ति लिएर गएका थिए । ग्याँको अगाडि उनको बत्ति झिलमिलाएर निभ्यो । तर कुनै विस्फोट भएन , विषालु ग्याँसको कुनै प्रभाव परेन । यसरी उनले आफ्नो साहस र सङ्कल्पले सबैलाई चकित पारे ।

जो मानिसहरु भयभीत थिए, उनीहरुले खानी नै उड्ने आशङ्का गरिरहेका थिए । तर साहसी जर्जले खानीमा प्रकाश पार्ने मार्ग खोजेको देख्ता उनीहरु अचम्ममा परे । अँध्यारोका कारण खानीहरुमा हजारौँको मृत्यु हुन्थ्यो । जर्जले उनीहरुलाई बचाउने मार्ग खोजे । साहसी र सङकल्पवानले संसारमा परिवर्तन ल्याउन सक्छ ।