सफलताका लागि आफूलाई विश्वास गर्नुहोस्

बिहिबार, १४ जेष्ठ २०८३

काठमाडौं – मान्छेले कु्नै पनि सोच्दा वा काम गर्दा कि त चेतना दिमाग वा अवचेतना दिमाग दुईमध्य कुनै एकको प्रयोग गरेको हुन्छ । मान्छेलाई कुनै पनि काम शुरु गर्नको लागि वा शुरु गरेपछि सिध्याउनको लागि वा सफलता पाउनको लागि अवचेतन मनको भूमिका चेतना मनको भन्दा धेरै शतिmशाली हुन्छ ।

तपाईले कुनै पनि काम गर्दा म यसमा सफल ह्ुन्छ भन्ने विश्वास लिनु हु्न्छ भने तपाईको काम सफल गराएरै छोड्न सक्नुहुन्छ । सफलता पाउने इक्छा धरैको हुन्छ तर सबै सफल हुन सक्दैनन् किनभने धैरैको इच्छा सफल हुन् चान्नछन् तर म सफल हुन सक्छु भनेर विश्वास गर्न सक्दैनन् । तिनीहरुको अवचेतन दिमागमा आफू असफल भइरहेको कल्पना गर्दछन् । सफलता पाउनका लागि गरीब भएर केही फरक पर्दैन । तर फरक केले पार्दछ भने तपाईको भित्री मनलाई सफल हुन्छु जस्तो लागिरहेको छ वा असफल हुन्छु जस्तो लागीरहेको छ , यस्तो मनमा उठेको तरङ्गले भने अवश्य फरक पार्दछ । यो कुरा याद राख्नुहोस् जहिले सम्म तपाई निर्धक्क भएर आफ्नो भित्री आत्मादेखि नै आफू सफल भएको सोच्न सक्नुहुन्न वा आफूलाई नै विश्वास गर्नु हुन्न त्यसबेला सम्म तपाई सफल हुन सक्नुहुन्न । जब तपाई आफैमा विश्वास गर्नुहुन्छ त्यसबेला सम्म तपाई सफल हुृनै सक्नुहुन्न । जब तपाई आफैमा विश्वास गर्नुहुन्छ त्यसपछि मात्र तपार्इंमा कामको लागी चाहिने क्षमता शक्ति वा साहसको बाटो खुल्ला हुदैँ जान्छ । तपाई नयाँ– नयाँ विचारहरु आउन थाल्छन् ।

अतः बन्धुहरु बुझनै पर्ने कुरा के हो भने सफलता हुन चाहाना राख्ने तर आफैले म सफल हुन्छु हुन सक्छु भन्ने कुराको विश्वास नगर्ने व्यक्तिलाई कहिल्यै पनि नयाँ विचारहरु र कामको लागि चाहिने तरिकाहरु थाहा हुन सक्दैन । कामको तरिका वा नयाँ विचारहरु त्यही व्यक्तिले थाहा पाउछ र सफल हुन्छ जसले ‘यो काम मैलै गर्न सक्छु’ भन्ने कुरामा विश्वास गर्दछन् काम गर्न सक्छु भन्ने तर सकिदैँन कि भन्ने भावना आफ भित्र भयो भने त्यो काम सफल पनि हुन सक्दैनन् ।

श्रीमद्भगवद्गीतामा पनि भनिएको छ यदि आफूले आफ्नो मन–वचन र इन्द्रियहरुको स्वामी हुनुहुन्छ । उहाँमा जे विचार आउँछ त्यो सधैँ सत्य र विजयी पनि हुन्छ । श्रीमद्भगदगीता होस् वा बाइबल बुभm्नै पर्नै कुरा के भने हाम्रो आफ्नै आत्मा हो । आत्मा सधै पवित्र हुन्छ । अतः यस्तो पवित्र आत्ममा हामीले जस्तो विचारमा विश्वास राख्दछौँ जुन काममा ‘मैले गर्न सक्छु ’भन्ने विश्वास राख्दछौ त्यतिबेलाबाट मात्र हाम्रो सफलता सुरु हुन्छ । सोचपछि मात्र वा काम गर्न सक्छु भन्ने विश्वास गरेपछि कामको लागि चाहिने आवश्यक शक्ति वा तरिकाहरु कहाँ छन् ? त्यसलाई कसरी गर्नुपर्दछ ?यसो गर्दा कसो हुन्छ ? भन्ने विभिन्न आधार प्रमाणहरु थाहा हुन जान्छ र त बल्ल तपाइ अरु भन्दा शक्तिशाली बन्न सक्नुहुन्छ ,
एक जना व्यक्ति जसलाई पौडी खेल्ले आउदैन, नदीको किनारमा बसिरहेको छ ।

घाम अत्यन्त चर्को छ ,मौसम तातो छ । उसका सबै साथीहरु नदिमा पौडिरहेका छन् । उनीहरुलाई नदीको चासो पानीमा पौडी खेल्दा आन्नद आइरहेको छ । के त्यो किनारमा बस्ने व्यक्ति पौडी खेल्लन नजान्ने भएर जन्मिएको हो त ? के ऊ पौडी खेल्न कहिल्लै पनि सक्दैन त ? ऊ पौडी खेल्न सक्छ कतिबेला भने जतिबेला उसले ‘म पौडी खेल्न सक्छु भन्दछ । त्यसपछि मात्र पौडी खेल्नको लागि चाहिने आवश्यक तरिकाहरु उसले सिक्न सक्छ । ऊ आफूलाइ नडुबाउने किनारमा आफै जानुपर्छ । साथीहरुले जस्तो गर्छन् त्यस्तै गर्नुपर्दछ । दुइचार घुट्की पानी खाए पनि सहनै पर्दछ । त्यसपछिमात्र बिस्तारै आफुलाई डुबाउने गहिरो पानीमा ऊ माछा जस्तै पौडिन सक्छु । यदि पौडिने चाहना पनि नहुने आफू पौडीन सक्छु भन्ने विश्वासै नहुने हो भने तपाई कहिल्यै पनि पौडी खेल्न सक्नुहुन्न । बस यही हो मित्र जिन्दगी चाहे पौडी खेल्न होस् वा जीवनलाई सफलता तर्फ लैजान होस् ।