लौ हेर्नुस् सांसद हुनुको काइदा, विघठित अबधिको पनि तलव फाइदा
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि रोकिएको सांसदहरूको तलब सुचारु हुने भएको छ । विघटन र पुनस्स्थापनाबीचको ‘शून्य समय’ को तलब पनि उनीहरुले पाउँनेछन् ।
पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना मानीयहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको छ । अब सांसदहरुले प्रतिनिधिसभा विघटत भएको समय पुस र माघको तलब फागुनको तलबमा खप्टिएर एकैपटक प्राप्त गर्ने भएका छन् ।
प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले फागुनको तलबमा सांसदहरुको पुस र माघको तलब पनि खप्टिएर जाने वताए ।
‘समान्यतया प्रत्येक महिनाको अन्तिम साता उहाँहरुले तलब पाउनु हुन्छ । संसद विघटनको अवस्थमा रहेको पुस माघ महिनाको तलब पनि अब फागुन तलबसँगै जान्छ’, पाण्डेले भने । ’
प्रत्येक सांसदले तलब(भत्ता गरी मासिक करिव ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन् । यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ ।
पुस र माघ महिनाको ३ करोड ५७ लाख ५० हजार रूपैयाँ र फागुन महिनाको १ करोड ७८ लाख ७५ हजार रूपैयाँ गरी ५ करोड ३६ लाख २५ हजार रूपैयाँ संघीय सञ्चितिकोषबाट सांसदको तलबबापत एकैपटक खर्चिनुपर्ने भएको छ ।