घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौं – नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन तोलामा एक हजार रुपैँयाले घटेको हो ।

हिजो (बुधवार)प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सयमा रहेको थियो । भने आज सुनको मूल्य तोलामा एक हजारले घटेर प्रतितोला सुन ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ५० रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० ले घटेर प्रतितोला १२ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।