प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ।

यससँगै कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।