भारतमा कोरोना संक्रमणबाट एकैदिन ६ सय ८५ जनाको मृत्यु

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं – भारतमा (कोभिड १९) बाट पिडित १ लाख २६ हजार ७ सय ८९ नयाँ विरामी दर्ता गरिएका छन।

भारतमा २४ घण्टामा ६ सय ८५ जनाको मृत्यु भएको छ। हालसम्म कूल १ लाख ६६ हजार ८ सय ६२ को मृत्यु भैसकेको छ।

भारतमा हालसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जना कोरोना पिडित भैसकेका छन। जसमा १ करोड १८ लाख ५१ हजार ३ सय ९३ जनालाई निको भैसकेको छ।