कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं– आइतबार मुलुकका पहाडी भुभागका केही स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुन सक्नेछ।
‘पहाडी भुभागका एक–दुई स्थानमा अपरान् पछि मेघगर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ।
राति भने पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ।