प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने
काठमाडौं – प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो ।
“शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, “हामी अहिले सबैजना होटल बगैंचामा छौं । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननस्किने भनेर यहीँ बसेका छौं ।”
उनले यो हप्ता कमेडी च्यापियनको पुरानै श्रृंखला प्रशारण हुने तर अर्को हप्ता भने नयाँ श्रृंखला आउने जानकारी दिए ।