प्रचण्ड र माधवको स्वार्थका कारण पार्टी विभाजन हुन पुग्यो : ओली

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन हुन पुगेको बताएका छन् ।

आज बालुवाटारमा जारी पार्टी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका हुन् ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन आफु रातो दिन अहोरात्र खटिरहेको बताउँदै भने, ‘हामी जिम्मेवार र अनुसाशीत भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ।

यत्रो दुःख बाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो।’ ओली पार्टी विभाजित नहुँदै प्रचण्ड र माधवले शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको आरोप लगाउँदै सोही कारण आफुलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताए ।