कर्णालीका चार सांसदको पद खारेज गर्ने निर्णय

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं – कर्णाली प्रदेशका चार सांसदलाई नेकपा एमालेले पद खारेज हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।
कर्णालीका चार सांसदले पार्टीको लाइनविपरीत फ्लोर क्रस गरेका थिए ।

प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बूढा र कुर्मराज शाहीलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय भएको छ ।भुलबस फ्लोर क्रस गरेको भन्दै स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।