भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

बुधबार, १५ बैशाख २०७८

काठमाडौं कोरोना भाइरसको महामारीका कारण अति प्रभावित भएको भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।

मंगलबारसम्मको तथ्यांक अनुसार भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख पूरा भएको हो। मंगलबार एकै दिन तीन हजार भन्दा बढिको ज्यान गएको छ।

एकै दिन कोरोना महामारीका कारण यति धेरैको संख्यामा ज्यान गएको पहिलोपटक रहेको अधिकारीले बताएका छन्। मंगलबार कोभिड–१९ का कारण ३२ सय ८६ भारतीयको ज्यान गएको हो।