खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं – खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नमुना परीक्षण गर्दा मन्त्री थापाको शुक्रबार बिहान रिपोर्ट पोजेटिभ देखिएको हो ।

छोरीलाई कोरोना संक्रमण भएपछि कन्टयाक्ट ट्रेसिङमा परेपछि नमुना परीक्षण गर्दा पोजेटिभ भएको मन्त्री थापाले बताए ।

उनले भने,‘ छोरीलाई कोरोना पुष्टि भएपछि मैले पनि हिजो स्वाव दिएको थिए । आज पोजेटिभ आयो । हल्का शरीर दुखेको छ अरु स्वास्थ्य समस्या छैन ।

उनी अहिले मन्त्री क्वाटरमा होम आइसोलेसनमा बसेका छन् ।