एकैदिन ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?

आइतबार, १९ बैशाख २०७८

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभरमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभरमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा एकै दिन कोरोनाका ३ हजार ५ सय ९५ संक्रमित फेला परेका छन् ।

आइतवारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।

त्यसमध्ये काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।