सफलताका लागि जान्नै पर्ने महत्वपूर्ण भनाइहरू

आइतबार, २८ मंसिर २०८२

काठमाडौं– हामी सबै आफ्नो जीवनमा सफलता चाहान्छौ । सबैलाई जित्न चाहान्छौ । आफ्ना ईच्छा र चाहानाहरु पूरा गर्न चाहान्छौ । हाम्रा हर प्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा, कुनै न कुनै ठाउँमा र कुनै न कुनै कुरामा सफलता प्राप्त गर्ने नै हुन्छन ।

१. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । ( अब्दुल कलाम )

२. तिनीहरू जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पुरा हुन्छ । ( अब्दुल कलाम )

३. साना सपनाहरू नदेख्नुहोस् तिनमा मानव हृदय हल्लाउने कुनै ताकत हुदैन । ( गोथे )

४.तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् । ( मार्क ट्वेनं )

५. सपना हिजोको प्रश्नका लागि आजको उत्तर हो । ( एडगर केसी )

६. महान् जीवनका लागि महान् सपना आवश्यक छ । ( एनिस निन )

७. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । ( नेल्सन मण्डेला )

८. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । ( कोलिन पावेलं )

९. असफलताका दुइ कारण छन् ( एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु । ( जोन मेसनंं )

१०. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् । ( जोन अफ आर्क )