बीपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचार ठहर
कार्तिक १४, काठमाडाैं – बिशेष अदालतले चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालका पुर्व अध्यक्ष डा. भक्तमान श्रेष्ठलाइ भ्रष्टाचार ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठ अस्पतालमा बहाल रहदा अनिमियता गरेको ठहर गरेको हो।
अदालतले श्रेष्ठलाई १ बर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना र सो बराबरको सम्पति जफत गर्ने फैसला गरेको छ। उनकी श्रीमती शिलु श्रेष्ठलाई यथेस्ट प्रमाण नपुगेको भन्दै सफाई दिएको अदालतका रजिस्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।