घट्न थाल्यो कोरोना संक्रमण, १९ हजारको परिक्षण गर्दा जम्मा ७ हजारमा पुष्टी
काठमाडौं – कोरोना भाइरस संक्रमणको दर हिजोको भन्दा आज घटेको छ । पछिल्लो २४ घण्टामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा जम्मा सात हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ३४४ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ।
अघिल्लो दिनको तुलनामा आज संक्रमण दर घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनाको कोराना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।