सोच्न बदल्ने महान भनाईहरु
काठमाडौं– विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन् । यहाँ त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरिएको छ ।
-तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । ओस्कार वाइल्ड
-संघर्ष जति कठीन हुनेछ, सफलता उती नै सानदार हुनेछ । थोमस पेन
-हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौँ त्यही बन्छौँ । गौतम बुद्ध
-जीवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाईसँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । बेन्जामिन मेस
-मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बहाना नबनाउनु हो । फ्लोरेन्स नाइटिंगेल
-कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । चाणक्य
-म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । माइकल जोर्डन
-म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैँले गर्न सक्षम भएको छु । अल्बर्ट आइन्स्टाइन
-जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । अब्राहम लिंकन
-प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन् । एलिस वाल्कर
-जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । एडोल्फ हिटलर