बाढीमा फसेकालाई यसरी उद्धारा गर्दै छ नेपाली सेना
काठमाडौं – बाढीमा फसेकालाई नेपाली सेनाले उद्धार गरिरहेको छ । सेनाले एयर लिफ्ट गरेर आज बिहान तीन जनाको उद्दार गरेको छ भने अरुको पनि उद्धार कार्य जारी छ ।
रातभरी बाढी र पहिरोले घरभित्र नै थुनिएका तीन जनाको नेपाली सेनाले उद्दार गरेको हो। उनीहरुलाई मेलम्चीकै अर्को सुरक्षित ठाउँमा उद्दार गरेको थियो। नेपाली सेनाको एमआइ ७० हेलिकप्टरले अहिले एयर लिफ्टीङबाट उद्दार गरिरहेको छ।
हेलिकप्टर बस्न नसक्ने भएकाले एयर लिफ्टिङ गरिएको हो। अहिलेसम्म सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। त्यस्तै ७ जना बेपत्ता भएका छन्। कति मानिस अझैं उद्दारको अपेक्षामा बसेका छन् पत्तो छैन।


