उर्लियो कालीगण्डकी, तीन जिल्ला खतरामा
पर्वत – लगातारको वर्षाका कारण कालीगण्डकी नदी उर्लेर आएको छ । कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास फैलिएको छ ।
कालीगण्डकी बढेपछि स्याङ्जा, गुल्मी र पर्वतमा खतराको घण्टी बजेको छ । प्रशासनले नदि किनारका बस्तिहरु खाली गर्न लगाएको छ भने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ ।
त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरी डुबानमा परेको छ । लगातारको वर्षाका कारण नेपालका धेरै जिल्लामा बाढी पहिरोको घटना बढेको छ ।