जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, ६ जना घाइते
स्याङ्जा — भीरकोट नगरपालिका–४ दर्बुङठाँटीस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भीरकोट–३ का ३६ वर्षीय गणेशजंग अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
घाइते हुनेहरुमा ३० वर्षीय विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया की सोनी श्रेष्ठ र २४ वर्षीय दिनेश परियार रहेका छन् । थापा जिपचालक हुन् ।
बुधबार बिहान बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते ६ जनालाई भीरकोट नगर अस्पतालमा उपचार गरेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको डीएसपी अधिकारीले बताए ।