थप२८ सय २८ मा संक्रमण पुष्टि, ३ हजार ८२ जना संक्रमणमुक्त, मृत्यु हुनेको कति ?
काठमाडौं – पछिल्लो २४ घन्टामा २८ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ।