माधव नेपाल समूहले, बाढीपहिरो न्युनीकरणका लागि विज्ञ टोली बनाउने
काठमाडौँ – एमालेको माधव नेपाल समूहले बाढीपहिरो गएका जिल्लामा आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने भएको छ । बिहीबार बसेको सो समूहको स्थायी कमिटीको भर्चुअल बैठकले वर्षायामको सुरुमा देशका विभिन्न जिल्लामा बाढी पहिरोले वितण्डा मच्चाएको भन्दै आगामी दिनमा थप क्षति हुनसक्ने भएकाले दीर्घकालिन व्यवस्थापन हुन जरुरी भएको निश्कर्ष समेत निकालेको छ । साथै बैठकले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नेता कार्यकर्तालाई समेत खटाउने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
‘विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञहरुको टोली बनाउने र बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि विपत ग्रस्त स्थानमा केन्द्रदेखि वडा तहसम्मका सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय भएको छ’ शाक्यले बैठकपछि जानकारी दिइन् ।