आज कस्तो रहला देशभरको मौसम ?
काठमाण्डौ – आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।
देशभर आंसिक देखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हलका वर्षा भईरहेको छ ।
त्यस्तै दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम प्रदशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।