मुख्यमन्त्री पोखरेले आज विश्वासको मत लिँदै
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले आज शुक्रबार विश्वासको मत लिँने भएका छन् । मनाङबाट नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री पोखरेल फर्किए लगलै विश्वासको मत लिन लागेका हुुन ।
विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
आज विश्वासको मत लिने कार्यसूची तयार भएर पनि मुख्यमन्त्री गुरुङ मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि छलफल भएको थियो । तर, मौसम खुलेर पोखरा फर्किएपछि आजै विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।