यसरी गर्नुहोस् जीवनमा आएका चुनौतीहरुको सामना
काठमाडौं– जीवनमा हरेक कोहि व्यक्ति सफलता चाहन्छ । सफल त्यहि हुन्छ, जसले चुनौतिको सामना गर्छ । साच्चै नै सफल बन्न चाहनुहुन्छ भने कुनै पनि परिस्थितिबाट नडराउनुहोस । चुनौती भनेको तपाइको अग्निपरीक्षा जस्तै हो, जसले तपाईभित्रको शक्तिलाई जगाउन मद्दत गर्दछ । प्रत्येक चुनौतीले अवसरलाई साथमा लिएर आएको हुन्छ।
सबैभन्दा पहिले त सपना देख्न सुरु गर्नुहोस । जब तपाईले कुनै सपना देख्न थाल्नुहुन्छ, तब तपाईमा त्यो सपना पुरा गर्ने इच्छाशक्ति जाग्दछ । त्यो इच्छाशक्तिले तपाईमा जस्तोसुकै चुनौतिको सामना गर्ने हिम्मत आउछ । यदि तपाई सपना नै देख्नुहुन्न भने तपाइको जीवनमा के गर्ने – के नगर्ने भन्ने कुरा नै हुदैन । जसले जीवनमा केहि गर्ने इच्छा नै राख्दैन, उसको जीवन बेकार छ । त्यसैले जीवनमा केहि गर्छु भन्ने एउटा सपना तयार पार्न एकदमै जरुरी हुन्छ ।
एकैपटक ठुलो पर्खाल चढ्नको लागि जुनसुकै व्यक्तिलाई पनि गाह्रो हुन्छ । त्यसैले आफ्नो लक्ष्यलाई साना–साना लक्ष्यमा विभाजन गरेर अगाडी बढ्नुहोस । हरेक दिन आफुलाई अपडेट राख्नुहोस् । नयाँ – नयाँ कुरा सिक्न लक्ष्यमा उत्सुक रहनुहोस् । यस्ता कार्यले तपाईको लागि सिंढीको काम गर्छन् । जसले गर्दा पर्खाल चढ्न सजिलो हुन्छ ।
कसैले तपाईले गरिरहेको काम प्रति नकारात्मक कुरा गर्छ भने निराश नबन्नुहोस, बरु उनीहरुलाई तपाइले गरिरहनु भएको काममा सफलता प्राप्त गरेर उनीहरुको मुख नै बन्द गरिदिनुहोस । बोलेर भन्दा पनि गरेर देखाउने मान्छे नै महान हुन्छ ।