रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ
काठमडौं– जातका कारण कोठा नदिएको आरोपमा एक घरबेटी पक्राउ परेका छन् । तनुहँकी २४ वर्षीया रुपा सुनारलाई कोठा नदिएको आरोपमा बबरमहलका एक घरबेटी पक्राउ परेका हुन् ।
घरबेटीलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता रमेश बस्नेतले पुष्टि गरे। घरबेटी सरस्वती प्रधानलाई आइतबार बबरमहलबाट पक्राउ गरिएको हो ।
कोठा खोज्ने क्रममा रुपाले जातकै कारण प्रधानले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।