उपप्रधानमन्त्री महतोलाई सिंहदरबार प्रबेश निषेध

सोमबार, ७ असार २०७८

काठमाडौँ – उपप्रधान एवं सहरी विकास मन्त्री राजेन्द्र महत्रोलाई सिंहदरबार प्रबेशमा रोक लगाइएको छ । महतो भारतीय नागरिक भएको भन्दै उनलाई सिंहदरबार प्रबेशमा रोक लगाइएको हो ।

नयाँ पार्टी नेपालले सिंहदरबारको तीन नम्बर गेट छेउछाउमा पर्चा टाँसी सिंहदरबार प्रबेशमा रोक लगाएको हो । ७ दिन अघि नेपालको नागरिकता सार्वजनिक गर्न महतोलाई दिएको अल्टिमेटममा नागरिकता सार्वजनिक नगरेपछि सिंहदरबार प्रबेशमा रोक लगाएको नयाँ पार्टीले जनाएको छ ।

‘जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता एवं उपप्रधान एवं सहरी विकास मन्त्री खोभारी सुडीका जेष्ठ सुपुत्र, सीतामडी जिल्ला कोहवरवा भारत स्थायी ठेगाना भएका राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी, नेपालले तोकिएको ७ दिने अवधिभित्र आफू नेपाली नागरिक हुँ भन्ने कुरा सार्वजनिक नगरेकोले निजलाई हाललाई सिंहदरवारभित्र प्रवेश निषेध गर्दै निषेध सम्बन्धी सूचना सिंहदरवारको दक्षिण गेटको झ्यालमा मिति २०७८ असार ७ गते विहान ९ः १५ बजे टाँसिएको छ ।’ नयाँ पार्टी नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजलाई अब देशैभरी प्रवेश निषेध गर्ने र उप प्रधान एवं सहरी विकास मन्त्रीको हैसियतमा हुने जुनसुकै कार्यक्रम पनि बहिष्कार गर्दै निजलाई जहाँ भेट्यो त्यहीँ भौतिक कारबाही गर्न आम नेपाली नागरिकहरुलाई अपिल गर्न चाहन्छौँ ।’

नयाँ पार्टी नेपालले महतोका विरुद्ध अख्तियार, गृह मन्त्रालय लगायतका निकायलाई उनको नागरिकता छानबिन गर्न माग गर्दै उजुरी समेत गरेको थियो ।

यो पनि पढ्नुहोस्

उपप्रधानमन्त्री महतोलाई अर्को झट्का, मन्त्री पद खारेज हुने !

१ करोड १८ लाख विदेशीले झुटो विवरण पेश गरी नागरिकता लिएको ठहर