लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो, तोलाको कति ?

सोमबार, ७ असार २०७८

काठमाडौं– आज सोमबार नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य घटेको छ । आज सुन तोलाामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।