आज रातिबाट राइड सेयरिङ सेवा सुरु हुँदै
काठमाडौं – सार्वजनिक यातायात नखुले पनि राइड सेयरिङ कम्पनी पठाओ आज रातिबाट र टुटल भोलिबाट सञ्चालनमा आउने भएको छ । निजी सवारीसाधनमा सरकारले लगाएको जोरबिजोर प्रणाली अनुसार नै टुटल र पठाओलगायत राइड सेयरिङ कम्पनी सञ्चालन हुने भएका हुन् ।
टुटलका सीईओ शिक्षित भट्टले सरकारको नियम अनुसार भोलिबाट टुटल सञ्चालन गर्ने बताए । उनले भने, ‘सरकारले बाइकलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारको जोरबिजो प्रणाली अनुसार नै टुटलले सेवा दिने छ ।
बाइक सञ्चालन हुने भएपछि राइड सेयरिङ कम्पनीहरूले पनि सेवा भोलिबाट सुरू गर्ने भट्टले बताए । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज रातिदेखि पठाओ संचालन हुने बताए ।