एनआरआइसीले गर्यो पहिलो पटक लाभांश घोषणा, शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौँ – नेपाल पुनर्बीमा कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांस घोषणा गरेको छ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनर्बीमा व्यवसाय थप विस्तार गर्न थप पूँजीको लागि सरकार सँग प्रस्ताव माग्दै आएको छ ।
सरकार र बीमा समितिको स्वीकृति पछि साधारणसभा आह्वान गर्दा हकप्रदको प्रस्ताव जारी हुने कम्पनीले जनाएको छ । कम्पनीले अर्थमन्त्रालयसँग १०० प्रतिशत हकप्रद शेयर निष्काशनको माग राखेको छ । तर सरकारले अन्तिम स्वीकृति दिए पछि मात्रै एकिन हुने कम्पनीले जनाकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।