प्रचण्ड भन्छन्ः ओलीले हाम्रो सपना चकनाचुर पारे

मंगलबार, ८ असार २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताएका छन् । देशलाई कुनै पनि हालतमा दुर्घट्नामा जान नदिने जिकिर गरेका हुन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

देशको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफुहरु क्रियाशिल रहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए ।

आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्तावसहित एमालेसँग पार्टी एकता गरेको बताउदैं अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाइ चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।