१५ जिल्लामा बाढी आउन सक्ने अनुमान, सतर्क रहन आग्रह

मंगलबार, ८ असार २०७८

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज १५ जिल्लाका नदी तथा सहायक नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश १ को रौतहट, सर्लाही, महोत्तरी, धनुषामा भारी वर्षा भई नदीहरुमा बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला आसपासका जिल्लाहरुमा वर्षा भई नदीहरुमा बाढी आउन सक्ने भएकाले सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ ।