सर्वोच्चको आदेश लगत्तै उपेन्द्र यादवले दिए यस्तो प्रतिक्रिया, महन्थ ठाकुर तनावमा

मंगलबार, ८ असार २०७८

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् । अध्यक्ष यादवको प्रतिक्रियापछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष झस्किएको छ ।

मंगलबार यादवले मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेशलगत्तै संक्षिप्त प्रतिक्रियामा सर्वोच्चले सही निर्णय गरिदिएको बताए । “यो देशमा सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री हो,” यादवले भने, “अब संवैधानिक निकाएका असंवैधानिक नियुक्ति पनि खारेज हुनुपर्छ ।”