किन चलेन विहानैदेखि तपाईँको मोबाइल, के भन्छ नेपाल टेलिकम ?
काठमाडौँ – नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या आएको छ। बिहानैदेखि फोन नलाग्ने, म्यासेज नजाने तथा इन्टरनेट नचल्ने समस्या देखिएको छ ।
देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या आएको टेलिकमले जनाएको छ । प्राविधिक समस्य मर्मत भइरहेको टेलिकम श्रोतको भनाई छ ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।
टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।
यो पनि पढ्नुहोस्
मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल