९ वटा प्रहरी वृत्तका प्रमुख फेरिए, कुन वृत्तमा को ?
काठमाडौं – काठमाडौँ उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुखलाई सरुवा गरिएको छ । एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख ल्याइएको छ ।
मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् भने कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् ।
त्यस्तै, बौद्धमा ढुण्डिराज न्यौपाने, लैनचौरमा दुर्गाप्रसाद दाहाल, महाराजगञ्जमा प्रमिश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँमा मिनबहादुर कुँवर, बानेश्वरमा भिमबहादुर लामा, स्वयम्भुमा मिलन केसीले जिम्मेवारी पाएका छन् ।