फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ९ असार २०७८

काठमाडौं – नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

हिजो मगंलबार ९१ हजार रुपैयामा कारोबार भएको सुन आज घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

चाँदी भने मगंलबारको तुलनामा पाचँ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।