प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै
काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् ।
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा केही सांसद्लाई छलफलका लागि बालुवाटार बोलाएका छन् । सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
ओलीले हिजो मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए ।